Logo

भारतमा तीनजना पुजारीको क्रुरतापूर्वक हत्या



एजेन्सी, २६ भाद्र । भारतमा तीनजना पुजारीको क्रुरतापूर्वक हत्या भएको छ । कर्नाटक राज्यको मन्डया सिटीस्थित श्री अराकेश्वरा मन्दिरमा शुक्रबार विहान उनीहरुको हत्या भएको हो ।

तीनै जना पुजारी नातेदार हुन् । उनीहरु मन्दिरको सुरक्षाका लागि परिसरभित्रै सुत्ने गरकेो टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरु सुतेको बेलामा हत्या भएको जनाइएको छ । हत्यामा तीनजनाभन्दा बढीको संलग्नता रहेको आशंका गरिएको छ । हत्याको उद्देश्य डकैती हुनसक्ने जनाइएको छ । मन्दिर परिसरमा पैसा गायब पारिएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot