Logo

थप पाँचजना कोरोना संक्रमितको मृत्यु



काठमाडौं, २६ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज थप पाँचजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा चार पुरुष र एक महिला छन् ।

आज मृत्यु भएकासँगै देशमा कोरोना संक्रमणबाट कुल ३ सय २२ जनाको मृत्यु भइसकेको छ । यो संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६२ प्रतिशत हो ।

आज समेत गरी मृत्यु हुनेहरुमा दुई सय ३३ पुरुष र ८९ महिला छन् । आज मृत्यु हुनेहरुमा काठमाडौं, धनुषा, नवलपरासी, महोत्तरी र मोरङका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot