Logo

कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका पाँच जना को को (विवरणसहित)



काठमाडौं, २६ भाद्र । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट पाँचजनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा काठमाडौंका एक पुरुष समेत छन् । संक्रमणबाट एकजना महिला र चारजना पुरुषको मृत्यु भएको छ ।

आज मृत्यु भएकासँगै देशमा कोरोना संक्रमणबाट कुल ३ सय २२ जनाको मृत्यु भइसकेको छ । यो संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६२ प्रतिशत हो । आज समेत गरी मृत्यु हुनेहरुमा दुई सय ३३ पुरुष र ८९ महिला छन् ।

मृतकको विवरण
१. मोरङकी ४० वर्षीया महिला
२. महोत्तरीका ६५ वर्षीय पुरुष
३. धनुषाका ४५ वर्षीय पुरुष
४. काठमाडौंका ७० वर्षीय पुरुष
५. नवलपरासीका ५५ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्

Screenshot