Logo

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल: हवाई रूटबारे अन्योल कायमै



काठमाडौं, भदौ २८ । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम सकिनै लाग्दासमेत विमानस्थल सञ्चालनका लागि तय हुने भनिएको महेन्द्रनगर र नेपागञ्ज हवाई रूट सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन ।

ती दुई रूटबारे भारतले सहमति नदिँदा विमानस्थल सञ्चालनको अन्योल पनि यथावत् छ । हवाई रूटमा भारतको असहमति हटाउन कूटनीतिक पहल आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् ।

प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा छलफल भए पनि त्यसपछि थप प्रगति नभएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

उड्डयन क्षेत्रका विज्ञ, मन्त्रालयका अधिकारीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले यो विषयलाई उच्चस्तरीय कूटनीतिक तहबाटै पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

हवाई रूटबारे भारतको राजनीतिक नेतृत्वले अहिलेसम्म हुँदैन नभने पनि त्यहाँको कर्मचारीतन्त्रका कारण यो विषय टुंगोमा पुग्न नसकेको पर्यटन मन्त्रालयका अधिकारीहरूको धारणा छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हालेयता विभिन्न मञ्चमा यस विषयमा भारतसँग कूटनीतिक पहल गर्ने बताउँदै आए पनि त्यसले कुनै सार्थक परिणाम दिन सकेको छैन ।

मन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल अंग्र्रेजी वर्ष सन् २०२१ को शुरूबाट सञ्चालनमा आउने र सोहीअनुरूप सबै काम भइरहेको जिकीर गर्दै आएका छन् ।

२०७५ असार २ गते नेपालमा सम्पन्न दुईपक्षीय वार्तामा भारत नेपाललाई थप चारओटा हवाई रूट दिन सहमत भएको थियो । तर, एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको तथा त्यसको सुरक्षा मूल्यांकन ९सेफ्टी एसेसमेन्ट० गर्न थप समय लाग्ने भन्दै तत्काल थप हवाई रूट दिन नसकिने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

भारतले गत असारमा भैरहवा, जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेशबिन्दु दिन सहमति जनाएको थियो । तर, पछि पश्चिमका रूटमा सहमति नदिई भैरहवा र जनकपुरबाट मात्र क्रशबोर्डर हवाई प्रवेशबिन्दु दिन सहमति जनाएको थियो ।

यो रूटमा भारतले सुरक्षा चासो देखाउँदै अनुमति दिन नमानेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको धारणा छ । पूर्वपश्चिम दुवैतर्पmलाट आउने विमानहरू हालसम्म सिमरा नजीकैको ‘रोमियो’ बिन्दुबाट नेपाल प्रवेश गर्छन् ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot