Logo

दिल्ली दंगाका आरोपी जेएनयुका पूर्व विद्यार्थी नेता खलिद पक्राउ, बलिउड नायक राहुलमाथि अनुसन्धान



एजेन्सी, २९ भाद्र । भारतको नयाँ दिल्लीमा नौ महिना अघि भएको दंगाका आरोपी जेएनयुका पूर्व विद्यार्थी नेता उमर खलिद पक्राउ परेका छन् । उनलाई अनुसन्धानका लागि भन्दै दिल्ली प्रहरीले पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड नायक राहु राय र फिल्म निर्माता सवा देवानलाई पनि अनुसन्धानका लागि बोलाइएको छ । उनीहरुलाई सोमबार दिल्ली दंगामा संलग्न रहेको आशंकामा अनुसन्धानमा सहभागी हुन बोलाइएको हो ।

खलिद, राहुल र सवामाथि दिल्ली प्रोटेस्ट सपोर्ट ग्रुप नामको वाट्स एप ग्रुपसँग सम्बन्ध रहेको पाइएपछि अनुसन्धानको दायरामा ल्याइएको जनाइएको छ । फेब्रुअरी महिनामा उनीहरुमाथि उजुरी परेको थियो । २० जना पक्राउ गरिसकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot