Logo

ब्राजिलमा कोरोनाबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु



२९ भदौ: ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको ब्राजिल स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।

उक्त मन्त्रालयका अनुसार यो संक्रमणबाट गएको २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ । यो सँगै १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको हो ।ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् । सोमबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४३ लाख ३० हजार ४६४ जना पुगेको बताइएको हो ।

गएको २४ घन्टा यता  यो सङ्क्रमणका करिब १५ हजार जना नयाँ संक्रमित भेटिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यहाँका ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्र्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा अमेरिका र भारतपछि ब्राजिल पर्दछ । सबैभन्दा बढी सङ्क्रमित देशमध्ये दोस्रोमा पर्ने ब्राजिलभन्दा गत हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो ।-सिन्ह्वा/File Photo



प्रतिक्रिया दिनुहोस्