Logo

प्याज निर्यातमा भारतको प्रतिबन्धः नेपाली व्यापारीले मनपरी मूल्य तोक्न थाले



काठमाडौं, भदौ ३१ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाए पछि बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । व्यापारीले आफूखुशी मूल्य तोक्न थाल्दा प्याजको खुद्रा मूल्य १०० रुपैयाँ पुगेको छ ।

भारतले प्रतिबन्ध लगाएपछि भदौ २९ गतेदेखि नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज आयात बन्द भएको छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाउनु केही दिनअघिदेखि नै नेपालमा प्याजको मूल्य बढ्दै गएको थियो । कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूचीअनुसार गत १५ दिनमा प्याजको मूल्य करीब ८९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

भदौ १६ गते थोकमूल्य प्रतिकिलो ४२ रुपैयाँ पर्ने प्याज त्यसयता मूल्य बढेर प्रतिकिलो ७५ रुपैयाँ पुगिसकेको छ ।

भारतले निर्यात बन्द गरेपछि नेपालमा प्याज अभाव सृजना हुनुका साथै मूल्य झनै बढ्ने देखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot