Logo

आज १२४६ कोरोना संक्रमित थपिए, १२४३ जना डिस्चार्ज



काठमाडौं,  १ असोज । नेपालमा कोरोना भाइरसका आज  १२ सय  ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५९ हजार  ५ सय ७३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४२ हजार ९ सय  ४९ जना संक्रमणमुक्त भएका छन् । आज १२४३  जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्