बुटवल असोज ३ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको शुक्रबार राती मृत्यु भएको हो ।
भदौ २२ गते अस्पतालमा भएका उनलाई पछिल्लो समय आईसियुमा राखेर उपचार गरिदै आएको थियो ।