बाँके, असोज ४ । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यसअधि बाँकेमा नौ जनाले कोरोना संक्रममणबाट ज्यान गुमाइसकेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनाका ५९ वर्षका पुरुषको गतराती मत्यु भएको हो । उनको भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै आएको थियो ।