Logo

कोभिड –१९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभर ट्याब्लेट नेपालमा उत्पादन



काठमाडौं, ८ असोज । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाईरस कोभिड १९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभरओरल ट्याब्लेट उत्पादन गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा विश्वका अन्य देशहरुमा पनि प्रयोगमा आएको उक्त औषधि देउराली जनताले उत्पादन गरेको हो । कोरोना रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फभिपिराभर ओरल ट्याब्लेट एन्टीभाइरल औषधीलाई विश्वका धेरैे मुलुकहरुले कोरोनाका बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेको देउराली जनताले जानकारी दिएको छ ।

देउराली जनता फर्मास्युटिकल्स प्रालिका प्रमुख हरीभक्त शर्माले हालसम्म उक्त औषधि जापान, चिन, रसिया, अमेरिका, टर्र्की, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड- १९ को उपचारका लागि अनुमति प्रदान गरिसकेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको अवस्थामा तीन दशक देखी नेपालमा औंषधी उत्पादन गर्ने देउराली जनताले आफ्नो दायित्व बोधगरी कोभिड९१९बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस भन्ने उद्देश्यका साथ उत्पादन गरेर बजारमा ल्याएको बताउनुभयो । उहाँले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागबाट समेत उक्त औषधि उत्पादनको अनुमति लिई नेपालमानै पहिलोपटक उत्पादन शुरु गरिसकेको जानकारी दिन भयो ।

उहाँले कोभिड९१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट मंगलबार मात्र स्विकृति प्राप्त भएको बताउनुभयो ।
कम्पनीले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तत्वावधानमा कोभिड–१९ को उपचारको लागि यस औषधिलाई इन्भेष्टिगेसन ड्रग फर इमरजेन्सी युजको अनुसन्धान गर्नको लागि क्लिनिकल स्टडिज गरी त्यसको प्रभावकारीताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने बताउनुभयो ।

उहाँले कोभिड–१९ का बिरामिहरुको उपचार र प्रयोगको लागी चिकित्सकको सिफारिस र निगरानिमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरि औषधि व्यवस्था बिभागबाट स्विकृति प्राप्त भएको बताउनुभयो । महामारीको बिषम परिस्थितिमा ँब्ख्क्ष्च्९द्दण्ण् त्ब्द्य ९फाभिर–२००० नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मंत्रालय र औषधि व्यवस्था बिभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागी आबश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन यस कम्पनिले सम्र्पूण तैयारि गरिसकेको बताउनुभयो । उहाँले नेपाल यो औषधि उत्पादन गर्ने आठौ देश भएको बताउनुभयो । यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्