Logo

काठमाडौं महानगरपालिकाको आयोजनामा भोलिदेखि सीप मेला सञ्चालन हुँदै



काठमाडौं, १८ बैशाख । काठमाडौं महानगरपालिकाले भोलि (बुधबार) देखि सीप मेला सञ्चालन गर्ने भएको छ । आज (मंगलबार)ं दिउँसो पत्रकार सम्मेलन गर्दै महानगरले यस्तो जानकारी गराएको हो । उपमेयर सुनिता डंगोलले एक महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेशासँग सम्बन्धित सीप सिकाइने जनाईन् ।

काठमाडौंको टुँडिखेलमा आयोजना गरिने ‘सीप मेला’ मा पेशागत तालिमको सूचीमा अटो मोबाइल्स, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एण्ड कल्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ र पुरोहितलगायतका क्षेत्रसम्म समेटिएका छन् ।

उनले भनिन्,‘‘यसवर्ष कम्तीमा १५ हजारलाई तालिम दिने र ५ हजार जनालाई रोजगारी दिने लक्ष्य छ, हामीले दिनदिनै काम पाइएन भन्ने सुन्छौं । रोजगारदाताहरू पनि जनशक्ति पाएन भन्नुहुन्छ । बजारमा यो ठूलो खाडल छ त्यसलाई पुर्न रोजगारीकै लागि तालिम दिन लागेका हौं । हामीले पुलको भूमिका निभाउँदै छौं । साथै सडक व्यवसायीलाई पनि प्राथमिकता राखेका छौं ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot