Logo

साउदी अरबद्वारा तीन देशमाथि यात्रा प्रतिबन्ध



रियाद, ८ असोज । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।
तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाई भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका खबर आजको वीनेपालीले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot