बुटवल, असोज ८ । बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमिततको मृत्यु भएको छ।
विगत सात दिनदेखि अस्पतालको भेन्टिलेटरमा रहेका नवलपरासी पश्चिम रामग्राम नगरपालिका ३ का एक जना र कपिलवस्तु बुद्धभूमि नगरपालिका–६ का एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
नवलपरासी पश्चिमका ४९ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।