Logo

उत्तर कोरियाली सेनाद्वारा दक्षिण कोरियाली अधिकारीलाई गोली हानी जलाइयो



एजेन्सी, ८ असोज । उत्तर कोरियाली सेनाले दक्षिण कोरियाका एजना सरकारी अधिकारीलाई गोली हानी निर्ममतापूर्वक हत्या गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती अधिकारीलाई गोली हानेपछि जलाइएको थियो ।

उत्तर कोरियाली सैनिकले शुरुमा गोली हानेको र शरीरमा तेल खन्याएर जलाइदिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले उल्लेख गरेको छ । यसबारे दक्षिण कोरियाको खुफिया एजेन्सीले तथ्य पत्ता लगाएको भनिएको छ । ती अधिकारी माछा मार्ने विभाग अन्र्तगत कार्यरत थिए ।

उनी उत्तरको जलक्षेत्रबाट १० किलोमिटर भित्र नै हुँदा हराएका थिए । ४७ वर्षीय दक्षिण कोरियाका ती व्यक्तिको हराएको क्षेत्रमा जुत्ता फेला परेको थियो ।

उत्तर कोरियाको निर्दयी कदमको दक्षिण कोरियाले भत्र्सना गरेको छ । ती अधिकारी गस्तीमा रहेको डुङ्गाबाट हराएका थिए । उनी पछि उत्तरतर्फको जल क्षेत्रमा भेटिएका थिए ।-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot