Logo

कोरोना पुष्टि भएको दुई दिनमै मृत्यु



धरान, असोज १०। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रवत्ता डा निदेश सापकोटाले बताए । मृतक बिराटनगरबाट दुई दिन पहिलेमात्रै रिफर भएर बीपीमा भर्ना भएका थिए ।

पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरउँदै आएका उनलाई दुई दिन पहिले नै कारोना पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षणसमेत देखिएको प्रवत्ताको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्