एजेन्सी, १० असोज । कोरोना भाइरसविरुद्धको प्रभावकारी भ्याक्सिन प्रयोग हुँदासम्म सँसाभर २० लाख मानिसहरुको संक्रमाबाट मृत्यु भइसक्ने प्रक्षेपण गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले यस्तो खतरा औल्याएको छ ।
डब्लुएचओका आकस्मिक निकाय हेर्ने डा. माइक रेनले मृत्युको संख्या २० लाखभन्दा बढी पुगिसक्ने बताएका हुन् । सँसारभर कोरोना संक्रमणबाट झण्डै दश लाख मानिसको मृत्यु भइसक्दा डब्लुएचओले यस्तो खतरा औल्याएको हो ।
कोरोना संक्रमण निरन्तर बढिरहेको छ । सँसारभर ३ करोड २० लाखभन्द बढी व्यक्ति संक्रमित भइसकेका छन् । कोरोना भाइरसको दोस्रो लहर कतिपय देशहरुमा देखिन थालिसकेको छ । विशेषगरी उत्तरी गोलाद्र्धका मुलुकहरुमा कोरोनाको दोस्रो लहर देखिनथालेको हो ।
अमेरिका, भारत र ब्राजिलमा अत्याधिक कोरोना संक्रमितको संख्या छ । युरोपका देशहरुमा संक्रमितको संख्या कम देखिएपनि मृतकको संख्या बढी छ ।-तस्वीर स्रोत: एजेन्सी