Logo

भान्छेमा कोरोना पुष्टि भएपछि सेनापति थापा ‘सेल्फ-क्वारेन्टाइन’मा



काठमाडौं, १२ असोज । नेपाली सेनाका प्रधानसेनापतिको निवासमा कार्यरत एक भान्छेमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको निवासको मान्छामा कार्यरत एक कर्मचारीमा शनिबार कोरोना पुष्टि भएको हो। कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि ‘सेल्फ-क्वारेन्टाइन’मा बसेका हुन्।

थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड अनुसार नै स्वास्थ्य सजगता अपनाएर ‘सेल्फ(क्वारेन्टाइन’मा बसेको जंगी अड्डाले विज्ञप्तिमार्फत् जानकारी दिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्