Logo

मन्त्रिमण्डल पूनर्गठनबारे ओली-दाहालबीच मतभिन्नता



काठमाडौं, १२ असोज । मन्त्रिमण्डल पूनर्गठनबारे नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मतभेद देखिएको छ । मन्त्रिमण्डल पूनर्गठनलाई लिएर पछिल्लो समय नेकपाका अध्यक्षद्धयबीच लगातार भेटवार्ता भैरहेका छन् । तर, मन्त्रिमण्डल पूनर्गठनको मापदण्डबारे ओली दाहालबीच ठोस सहमति नभएको नेकपानिकट उच्च स्रोतले जनाएको छ। सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठन र पार्टी एकताका बाँकी काम सम्पन्न गर्नको लागि अध्यक्षद्धयलाई नै अधिकार दिएको छ ।

यी पूर्व माओवादी नेता प्रधानमन्त्री ओलीका प्यारा, मन्त्री बन्ने लाइनमा

दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन गर्नुपर्ने पक्षमा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ देखिएका छन् । दाहाललगायत सचिवालयका अधिकांश सदस्यहरुले ठूलो मात्रामा मन्त्रिमण्डल पूनर्गठनको लागि दबाब दिईरहेका छन् । तर, प्रधानमन्त्री ओली भने केही मन्त्रीहरुलाई विदाई गर्ने र पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने पक्षमा उभिएका छन् ।

यस्ता छन् मन्त्रीका दाबेदार

आज भएको अध्यक्षद्धयबीच भेटवार्तामा दाहालले सबै मन्त्रीहरुलाई विदाई गर्नुपर्ने, र केहीलाई दोहोर्याउने र अधिकांश नयाँ अनुहार ल्याउनुपर्ने प्रस्ताव राखेका छन् । तर, दाहालको प्रस्तावमा प्रधानमन्त्री ओली सहमत हुन सकेनन् । उनले कार्यसम्पादनको आधारमा मन्त्रिमण्डल पूनर्गठन गरिने बताएका थिए । file photo

 

‘मन्त्रिमण्डल पूनर्गठन गर्ने भए छिट्टै गर्नुपर्छ, नगर्ने भए नगर्ने भन्नुपर्छ’ : हरिबोल गजुरेल



प्रतिक्रिया दिनुहोस्

Screenshot