Logo

सुनचाँदी व्यवसायी महासङ्घको प्रदेश २ अध्यक्षमा शिवकुमार सर्राफ



वीरगंज, १३ असोज । सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ को निर्वाचनबाट अध्यक्ष्Fमा शिव कुमार सर्राफ सर्वसम्मतले निर्वाचित भएका छन् । सोमवार सम्पन्न महासंघको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत अधिवक्ता विनय सिंहले शिवकुमार सर्राफलाई प्रदेश नं २ को अध्यक्षमा निर्वाचित भएको जानकारी गराएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ को उपसभापतिद्वयमा प्रवेशकुमार सर्राफ, वसन्तकुमार साह, सचिवमा विनोदकुमार भण्डारी, सहसचिवमा अमित गुप्ता, कोषाध्यक्षमा कमलेश साह, सहकोषाध्यक्ष्Fमा भगवान साह, सदस्यहरुमा धनिलाल सोनार, दीपक ठाकुर, भोलाकुमार साह सोनार रहेका छन् ।

निर्वाचन अधिकृत सिंहले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्दै विपक्षी उम्मेदवारले उच्च अदालतमा निषेधाज्ञा गराउन नसकेको र आपूmले सार्वजनिक गरेको कार्यतालिका अनुसार एकल उम्मेदवार शिवकुमार सर्राफ भएपछि निर्विरोध घोषणा गरेको जानकारी गराएका छन् । यता विपक्षी उम्मेदवार रामजी साहले पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गरेर निर्वाचनमा अनियमितता भएको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot