Logo

वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय



वीरगंज, १४ असोज। जिल्ला अनुगमन समिति, पर्साको बैठकले वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले दशैं, तिहार, छठ नजिकिै गर्दा बजारमा म्याद गुज्रेका अखाद्य वस्तु बिक्री भइरहेकोमा बजार अनुगमन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगंज उद्योग वाणिज्य सङ्घको साझेदारीमा सस्तो बजार मेला महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

दशै, तिहार र छठ चाडपर्वमा खाद्य वस्तु, जनस्वास्थ्य र औषधि, पशु र मासुजन्य पदार्थ र होटल रेष्टुरेन्ट आदि सहयोगमा सस्तो बजार लगाउने निर्णय गरेको छ । बैठकमा सरोकारवालाका प्रतिनिधिहरुको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot