धरान, असोज १५। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
विराट मेडिकल कलेज विराटनगरबाट रिफर गरिएका इटहरी–६ का ५६ वर्षीय पुरुषको बुधबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराउँदै आएका पुरुषकोपनि संक्रमणबाट ज्यान गएको छ ।
बुटवल उपमहानगरपालिका वार्ड १० का ८० बर्षीय पुरुषको मृत्यु भएको हो