Logo

२७ सय २२ कोरोना संक्रमित थपिए



काठमाडौं,  १६ असोज । नेपालमा आज कोरोना भाइरसका २७ सय २२ जना संक्रमित थपिएका छन् । यो २४ घन्टाभित्र थपिएको अहिले सम्मकै सर्वाधिक सख्या हो । योसंगै कुल संक्रमितको सख्या ८२ हजार ४ सय ५० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म  ६० हजार  ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् । आज ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्