Logo

कोरोना फैलिएपछि नेकपा र काँग्रेस दुवैको बैठक हुनेमा अन्यौल



काठमाडौं, १७ असोज । आज नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक सर्नुको एउटा कारण कोरोना भाइरस पनि हो । अपरान्ह ४ बजे बस्ने भनिएको बैठक भोलिका लागि सरेको छ । बैठक किन सर्यो भन्नेमा शंका उपशंका बढ्यो । तर, साँझपनि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव विष्णु रिमालसहित ७६ जना कोरोना संक्रमित भएको खुल्यो ।

बालुवाटारमा तय भएको बैठक सर्नुमा कोरोना भाइरसको संक्रमण पनि कारण हो । अब भोलि बस्ने बैठकबारे समेत अन्यौल भएको छ । बालुवाटारमा कोरोना फैलिएपछि यहाँ नहुनसक्छ । त्यसमाथि प्रधानमन्त्री ओली नियमित सम्पर्कमा आउनेहरु संक्रमित भएपछि सतर्कता अपनाउनुपर्ने हुन्छ । यसकारण पनि भोलिको नेकपा सचिवालय बैठक अन्यौलमा परेको छ ।

नेपाली काँग्रेसका केन्दीय सदस्यमध्ये केही संक्रमितक भेटिएका छन् । १९ असोजबाट बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठकको तयारी स्वरुप स्वाब संकलन गर्दा यस्तो पत्ता लागेको हो । संक्रमित भएकामा केन्द्रीय सदस्य अर्जन नरसिंह केसीलगायत छन् । केन्द्रीय सदस्यहरु कोरोना सक्रमित पत्ता लागेपछि काँग्रेसको आगामी बेठकबारे समेत अन्यौल उत्पन्न भएको छ ।

नेकपा सचिवालय बैठक आइतबार हुनेमा समेत शंका छ ।  कोरोना संक्रमित बढेपछि बालुवाटार उत्तम स्थान होइन । यतिबेला नेताहरु धमाधम संक्रमित हुन थालेपछि बैठकहरुबारे नै अन्यौल बढेको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्