Logo

जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु



बाँके, असोज १८ । कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ।

कञ्चनपुरको महेन्द्रनगर २ की २९ वर्षीया सुत्करीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

कञ्चनपुरको धनगढीस्थित सेती अस्पतालमा उनले एक छोरा र छोरी जुम्ल्याहा जन्माएकी थिइन्। त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनको पाठेघरको अपरेसन गरिएको थियो।

रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि यही असोज १५ गते उनलाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो।

तर उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्