काठमाडौं, असोज १८ । संगठनका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएपछि नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चत भएको छ ।
शनिबार नेपाली कांग्रेसका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो भने अझै केहिको रिपोर्ट आउँन बाँकि छ ।
केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएपछि सबैको रिपोर्ट नआउन्जेल बैठक स्थिगित भएको जनाइएको छ ।
कांग्रेसले अहिले विहान बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक स्थगित गर्ने निर्णय गरिसकेको छ ।
कांग्रेसले १४ औं महाधिवेशन लगायत एजेन्डाका बारेमा छलफल गर्न दुई सय ५० जनाको स्वाव परिक्षण गराइएको थियो ।