Logo

अस्तव्यस्त क्वारेन्टाइनमा करोडौं खर्च



जाजरकोट, असोज १९ । जिल्लाका सातवटै पालिकाले अस्तव्यस्त क्वारेन्टाइनमा करोडांै बजेट खर्च गरेका छन् । महामारी नियन्त्रण तथा रोकथामका लागि जाजरकोटका सातवटै पालिकाले अस्तव्यस्त क्वारेन्टाइनमा करोडौं बजेट खर्च गरेका छन् ।

स्थानीय सरकारले कोरोना भाइरसको नाममा न त स्थायी संरचना निर्माण गरे न त अस्थायी क्वारेन्टिनलाई बलियो बनाए, अस्तव्यस्त क्वारेन्टिनमै करोडौं बजेट खर्च गरेका छन् । गरिब विपन्न नागरिकलाई १५ किलो चालम, एक पोका तेल, ५ किलो दाल, एक प्याकेड नुनमा करोडौं बजेट पालिकाले खर्च गरेका छन् ।

अधिकांश विद्यालयका भवनहरु क्वारेन्टाइनमा प्रयोग भएका थिए। वर्षाको समयमा पानी चुहिने विद्यालयका भवनमा खानेपानी व्यवस्थापन नगरी बाहिरबाट आएका नागरिकलाई कष्टपूर्ण तरिकाले व्यवस्थापन गरिएको थियो । स्थायी संरचना बनाउनुपर्छ भन्नेमा सरोकारवालाको ध्यान गएन कसरी कमिसन आउँछ भन्ने सरोकारवाला निकायको जोड घटाउले करोडौं बजेट अस्तव्यस्त क्वारेन्टाइनमै खर्च भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot