झापा, १९ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका फार्साङबारीका राजु कर्मकारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई जबरजस्ती करणी गरेका राजुलाई प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।