Logo

आज २४ सय ४० कोरोना संक्रमित थपिए



काठमाडौं, १९ असोज । नेपालमा कोरोना भाइरसका आज २४ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८९ हजार २ सय ६३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । देशभर संक्रिय संक्रमितको सख्या २३ हजार ५ सय ७ जना रहको छन्

आजसम्म ६५ हजार २ सय २ जना संक्रमणमुक्त भएका छन् । आज  ११३३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्