Logo

रुसले ल्याउन लाग्यो दोस्रो भ्याक्सिन, भेक्टरद्वारा तेस्रो चरणको परीक्षणको तयारी



एजेन्सी, २० असोज । रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो देशको सुचीमा राखेसँगै दोस्रो भ्याक्सिन पनि ल्याउने भएको छ । त्यसको अन्तिम चरणमा रुस पुगिसकेको छ ।

रुसी भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी र बायोटेक्नोलोजीले निर्माण गरेको कोरोनाविरुद्वको भ्याक्सिनको तेस्रो चरणको परीक्षण हुने भएको छ । यसमा ३० हजार स्वयंसेवक सहभागी हुने भएका छन् । उक्त विषयको जानकारी उपभोक्ता अधिकार संरक्षण र मानव कल्याणमा निगरानीको लागी संघीय सेवाले दिएको हो ।

भ्याक्सिनलाई दर्ता गराई करिब ३० हजारलाई परिक्षणमा सहभागी गराउने बताइएको छ । व्यापकमात्रामा उत्पादन हुनासाथ उक्त भ्याक्सिनलाई चिकित्सा संस्थामा पठाइने व्यवस्था समेत रुसी सरकारले मिलाएको छ । उपभोक्ता अधिकार संरक्षण र मानव कल्याणमा निगरानीको लागी संघीय सेवाका अनुसार भ्याक्सिनको परिक्षण अगामी महिना नोभेम्बर र डिसेम्बरमा गराइने छ ।

भेक्टरद्वारा निर्मित भ्याक्सिनलाई रुसी स्वास्थ्य मन्त्रालयले जुलाई २४ मा मान्यता दिएको हो । उक्त भ्याक्सिनको पहिलो परिक्षण जुलाई २७ मा भएको थियो । पहिलो परिक्षण गरेका मध्ये २० जना स्वयम सेवकहरु अस्पतालबाट सेप्टेम्बर महिनामा डिस्चार्ज भएका थिए ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्

Screenshot