Logo

आज १५ सय ५१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ९० हजार नाघ्यो



काठमाडौं,२० असोज । नेपालमा कोरोना भाइरसका आज १५ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय  १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज २३४० जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्