Logo

लुटपाटमा संलग्न पक्राउ



भक्तपुर, २० असोज । नगद ४ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा धन बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका मनहरा दिव्यश्वरी प्लानिङबाट बालाजु बस्ने ३० वर्षीय पुरुषको बा.१५ च ४०५ नम्बरको कारको ढोका फुटाई नगद ४ लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा लोकन्थली बस्ने सिन्धुपाल्चोक घर भएका भण्डारी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट गएको प्रहरीले उनको साथबाट अमेरिकी डलर १ को २ सय ९८ वटा, २ को १ वटा, ५० को ३ वटा र १ थान सादा कागजको बिट्टो समेत बरामद गरेको बताएको छ । साथै उक्त घटनामा संलग्न रहेका उनकै साथी २५ वर्षीय कमल खड्काले लुटपाट गरेको नगद लिई फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्