Logo

अनशनको २५ औं दिनमा डाक्टर केसीको प्रतिनिधिसँग सरकार वार्ता गर्दै



काठमाडौं, २२ असोज । सरकार र अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच वार्ता हुँदैछ । बिहिबारका लागि तय भएको वार्तामा सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डाक्टर गोविन्द केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीले नेतृत्व गर्नेछन् ।

यसअघि हिजो साँझ वार्ताको वातावरण बनेको थियो । १९ औं पटक चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशन बसिरहेका डाक्टर केसी वार्ताका लागि तयार भएपछि बुधबार वार्ता टोली गठन भएको हो । जुम्लाबाट अनशन शुरु गरेका केसीको आज अनशनको २५ औं दिन हो । अनशनका कारण उनको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

सरकारका तर्फबाट वार्ता टोलीमा सचिव मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा छन् । डाक्टर केसीका तर्फबाट डा. जीवन क्षेत्रीसहित डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल छन ।



प्रतिक्रिया दिनुहोस्