Logo

महात्मा विदुरको १० अनमोल वचन



चाणक्य भन्दा अरु पनि केही नीतिज्ञहरु छन् । जस्तो भीष्म, विदुर, मनु, चर्वाक, शुक्राचार्य, बृहस्पती, पशुपति, गर्ग आदी धेरै नीतिज्ञहरु छन् । विदुर र धृतराष्ट्र सौतेला भाई थिए । जो एक दासीका छोरा थिए । तीनै महात्मा विदुरका अनमोल नीति कुरा गरौ, जुन कुरा जीवनभर काम लाग्छ ।

  • महात्मा विदुरका अनुसार जुन धन कमाउँदा मन तथा शरीरमा धर्मको नियम उल्लंघन गर्नुपर्छ, शत्रुको सामुन्ने सिर झुकाउनुपर्छ त्यस्ता कार्य गर्नुपरेमा धन प्राप्त गर्ने विचारै त्याग्नु उत्तम हुन्छ ।
  • पर स्त्रीलाई स्पर्श, अरुको धन हरण, मित्र त्याग नर्गु यी तीने दोष क्रमश काम, लोभ र क्रोधबाट उत्पन्न हुन्छ ।
  • जो विश्वासको पात्र नै होइनन्, उसलाई कहिल्यै पनि विश्वास नगर्नु । जो विश्वास योग्य छन् उसको पनि धेरै विश्वास गर्नुहुँदैन । विश्वासबाट जुन भय उन्पन्न हुन्छ, त्यसले मुल उद्देश्यलाई पनि नाश गर्छ ।
  • संंसारमा ५ सुख प्रमुख छन्, धन प्राप्ती, स्वस्थ्य रहुनु, वशमा बस्ने छोरा, प्रिय पत्नी र विद्या । यी छ सुख संसारमा उपलब्ध हुन्छन् ।
  • बृद्धिमान व्यक्तिमाथि अत्याचार भएमा टाढा जान्छ, जहाँ भएपनि आनन्दले बस्न सक्दैन, किनकि बुद्धिमान व्यक्तिले समय कुरेर बस्छ र बदला लिन्छ ।
  • क्षमालाई दोष दिन हुँदैन, क्षमा नै अन्तिम शक्ति हो । क्षमा भनेको कमजोर व्यक्तिको गुण हो र बलवानले क्षमा गर्नु भुषण हो ।
  • काम, क्रोध र लोभ यी तीन चीज दुःखका मार्ग हुन् । यी तीनले आत्माको नाश गर्छ, त्यसकारण सधै टाढा बस्नुपर्छ ।
  • इष्र्या, अरुलाई घृणा गर्ने, असन्तुष्ट, शंका गर्ने र आश्रित यी सबैले मानिसलाई सधै दुखी बनाउँछन् ।
  • जो पुरुष राम्रो काम गर्ने मानिसमा विश्वास गर्दैन, गुरुजन प्रति पनि आशंका गर्छ, कसैको पनि विश्वास गर्दैन र साथीहरु पनि त्याग्छ भने त्यो पुरुष अधर्मी हो ।
  • जसले राम्रो काम गर्छ र नराम्रो कामबाट टाढा रहन्छ । जस्ले भगवानप्रति सद्रभाव राख्छ त्यो मानिस सदुगुणको पण्डित हुने लक्षण हो ।


प्रतिक्रिया दिनुहोस्

Screenshot