Logo

काठमाडौंमा एकैदिन २५ सय ४० जना कोरोना संक्रमित थपिए



काठमाडौं,  २२ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन २५ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४३  सय ६४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २५  सय ४० जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १८ हजार ४ सय  ७३ जनाको पिसीआर परिक्षणमा ४३ सय ६४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  २६७५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ७१ हजार ३ सय ४३  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  २०८५ जना र ललितपुरका  ३२० जना र भक्तपुरका १३५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ९८ हजार  ६ सय  १७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्