Logo

विश्व खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार



काठमाडौं, असोज २४ । यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ । शुक्रबार ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ । त्यसैगरी डब्लूएफपीले ‘भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग हुन नदिन’ पनि उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले बताएको छ ।

डब्लूएफपीले सन् २०१९ मा भोकसँग लडिरहेका ८८ देशका करिब १० करोड मानिसलाई सहायता उपलब्ध गराएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot