Logo

आज ३५ सय ५६ कोरोना संक्रमित थप



काठमाडौं,  २७ असोज । नेपालमा कोरोना भाइरसका आज ३५ सय  ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख १५ हजार  ३ सय ५८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ७८ हजार ७ सय  ८० जना संक्रमणमुक्त भएका छन् । आज १५०३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्