एजेन्सी, ३० असोज । फाइजर कम्पनिले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अमेरिकी राष्ट्रपति निर्वाचनपछि मात्र प्रयोगमा ल्याइने भएको छ । कम्पनिले यसको प्रभावकारितालाई परिपक्व तरिकाले पुष्टि गर्न केही ढिलो गर्ने नीति बनाएको हो ।
३ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनपूर्व कोरोनाविरुद्धको भ्याक्सिन अमेरिकामा प्रयोगमा आउने बताइरहँदा फाइजरको भ्याक्सिन नोभेम्बरको तेस्रो सातामात्र आउने बताइएको छ । योसँगै अब मोर्डनाले मात्र चुनाव अगाडि भ्याक्सिन ल्याउने सम्भावना बाँकी रहेको छ ।
फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुरलाले वेवसाइटमा चिठ्ठी सार्वजनिक गर्दै भ्याक्सिनको प्रभावकारिता पुष्टि हुन समय लाग्ने कारण पनि अक्टोबरको अन्तिममा प्रयोगमा ल्याउन सक्ने नसक्ने निश्चित नभएको बताएका छन् । फाइजरले नोभेम्बरको तेस्रो हप्ता भ्याक्सिन ल्याउने आशा गरेको बुरलाले जजनाएका छन् ।