Logo

भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु



बाँके, कार्तिक १ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नंम्बर १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नंम्बर १८ की १८ वर्षीय युवतीको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक दुबै जनाको शुक्रबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot