Logo

२४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको निधन



काठमाडौं, १ कात्तिक । बितेको २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको सख्या ७२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसका आज ३१  सय ६७ जना संक्रमित थपिएका छन् ।

१५ हजार  ४ सय   ३८ जनाको पिसीआर परिक्षणमा  ३१ सय ६७ जनाको रिर्पोट पोजेटिभ आएको हो । देशभर संक्रिय संक्रमितको सख्या ३८ हजार ७ सय ३७ रहेको छ । क्वारेन्टाइनमा बस्नेको सख्या ४७ सय १५ रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १८०० कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ८९ हजार  ८ सय  ४० रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot