Logo

स्कार्पियो दुर्घटनामा पाँच जनाको मृत्यु, तीन घाईते



उदयपुर, कार्तिक २ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार विहान स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुङ्गा तर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो ब्रेक फेलभई सडकबाट करिव नौसय मिटर तल खसेको प्रहरीले जनाएको छ । त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षिय रामवहादुर सार्की सोहि ठाउ निवासि २७ वर्षिय कर्ण सार्की, दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार गाडि चालक रुपन्देहि जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्काको अवस्था गम्भीर घाइते, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका सागर सार्कीको छोरी वर्ष १८ की कल्पना सार्कीको टाउकोमा चोट लागि गम्भिर अवस्थाको घाइते र सोहि ठाउ निवासि रामवहादुर सार्कीको श्रीमती वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot