Logo

न्यायालयमा यसरी छिर्‍यो भाइरस



काठमाडौं, कार्तिक २ । सर्वोच्च अदालतमा शुक्रबार बहस गरिरहेका अधिवक्ता दीपनारायण साहलाई रोक्ने क्रममा न्यायाधीश अनिलकुमार सिन्हाको मुखबाट फुत्कियो, ‘भयो, भयो कोरोना नसार्नुस्।’ बहसका क्रममा अधिवक्ता साह कुनै कागज पेस गर्न खोज्दै थिए भने न्यायाधीश सिन्हा त्यो कागज लिनबाट तर्कंदै गरेको देखिन्थ्यो। दसैं बिदा सुरु हुनुभन्दा अघिल्लो दिन धेरै थान मुद्दा पेसी चढेकाले न्यायाधीश र कानुन व्यवसायीलाई सुनुवाइ सकाउन हम्मेहम्मे परिरहेको थियो।

कोरोना भाइरस ९कोभिड–१९० को डर भए पनि पक्षलाई न्याय खोज्दै अदालत धाउनुपर्ने, कानुन व्यवसायीलाई बहसमा उपस्थित हुनुपर्ने र न्यायाधीशलाई फैसला सुनाउनुपर्ने बाध्यता छ।

जेलमा कैदीबन्दीबाट हस्ताक्षर भएर आएका कागज, प्रहरीले अनुसन्धान गरेका दसी र प्रमाणको मूल्यांकन गर्ने क्रममा पेस गरिने प्रमाण कागजात, खाजा खाँदा टेबुल, प्लेट, चम्चाको प्रयोगमा हुने असावधानीले न्यायाधीश, कानुन व्यवसायी र कर्मचारीमा कोरोना भाइरस सरिरहेको छ।

सर्वोच्च अदालतका केही न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीमा कोरोना संक्रमण भइसकेको छ। पचास वर्ष उमेर नकाटेका चार कानुन व्यवसायी दीपक बिष्ट, श्रीराज कोइराला, रामबहादुर निरौला र हरेकृष्ण कायस्थको कोरोना संक्रमणबाट ज्यान गएको छ। क्यान्सर, मुटुलगायत पुराना कडा रोग भएका व्यक्तिमा कोरोना संक्रमण हुँ्दा असहज अवस्था आउँछ भन्ने उदाहरण पनि उनीहरु बनिसकेका छन्।

‘संक्रमण न्यायाधाीश, कर्मचारी, कानुन व्यवसायीमा कसरी स¥यो होला भनेर वैज्ञानिक कारण त खोजिएको छैन तर विश्लेण गर्ने हो भने विभिन्न कारण हुन सक्छन्,’ नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको आशंका छ। ‘मिसिलबाट भाइरस सर्न सक्ने एउटा अवस्था होला। त्योभन्दा बढी कारण अरु हुन सक्छन्। ती कारण सम्पर्ककै कारण हुन्।’ खानपान र भीडभाडले पनि अदालतका सबै तहमा कोरोना संक्रमणले फँडा फिजाइसकेको छ।

जेलमा कैदीबन्दीबाट हस्ताक्षर भएर आएका कागज, प्रहरीले अनुसन्धान गरेका दसी र प्रमाणको मूल्यांकन गर्ने क्रममा पेस गरिने प्रमाण कागजात, खाजा खाँदा टेबुल, प्लेट, चम्चाको प्रयोगमा हुने असावधानीले न्यायाधीश, कानुन व्यवसायी र कर्मचारीमा कोरोना भाइरस सरिरहेको छ।

मिसिल, कागजात, दसी वा प्रमाणबाटै कोरोना सर्ने त होइन भन्ने डर न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीलाई नभएको होइन तर त्यसको विकल्प तत्कालै अघि सारिएको पनि छैन। ‘मिसिलबाटै कोरोना सरेको हो भन्ने हो भने पनि लकडाउन अवधिभर नै सक्रिय न्यायाधीश, कर्मचारी र फ्रन्टलाइनमा काम गर्ने कानुन व्यवसायीमा संक्रमण देखिएको छैन,’ श्रेष्ठ थप्छन् ‘सायद सहयोगी, पिएसओ वा सम्पर्कको अन्य कारणबाट भाइरस सरेको हुनसक्छ।’

सर्वोच्च अदालतका केही न्यायाधीश, अधिकृत कर्मचारी र कानुन व्यवसायीमा भाइरस संक्रमण बढ्दा न्यायक्षेत्र गम्भीर ढंगले प्रभावित भइसकेको छ। दसैंअघिका दुई साता सर्वोच्च अदालतले थुनुवा, रिट, मुद्दा र निवेदनको अन्तिम सुनुवाइ स्थगित गरिसकेको छ भने अब कहिले सहज सुनुवाइ होला सजिलै अनुमान गर्न सकिने अवस्था छैन। संवैधानिक इजलास स्थगित हुँुदा राजनीतिक मुद्दामा पनि असर परेको छ।

अन्तरिम आदेश माग भएका निवेदनमा समेत एकल इजलासले झिकाएका मुद्दाको सुनुवाइ र थुनुवाका मुद्दाको सुनुवाइ रोकिँदा न्याय नै प्रभावित भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot