Logo

कोरोना संक्रमित महिलाको ‘होम आइसोलेसन’मै मृत्यु



धरान, कार्तिक ३ । घरमै आइसोलेसनमा बसेकी सुनसरीस्थित धरान उपमहानगरपालिका–१९ की कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ७० वर्षीया महिलाको आईतबार राती मृत्यु भएको हो ।

मृगौला रोगबाट ग्रसित महिलामा असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनी संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी थिइन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot