Logo

३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ६ असोज । नेपालमा ३ हजार ६ सय ३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संखया एक लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे जानकारी दिएको हो । पछिल्लो समयमा संक्रमितको संख्या बढिरहेको छ ।

देशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टाभित्र हालसम्म एक लाख २ हजार ८ सय २० जना नीको भएका छन् ।

देशमा अहिले ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन् । देशमा अहिलेसम्म ८ सय १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बितेको २४ घन्टामा २१ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot