Logo

सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ३१ जनाले ज्यान गुमाए



कैलाली, कार्तिक ९ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या नौ हजार ६ सय नाघेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयलका अनुसर प्रदेशमा संक्रमितको संख्या नौ हजार दुई सय ६४ पुगेको जनाएको छ ।

कैलालीमा सबैभन्दा धेरै ३ हजार ५ सय ८९ र डोटीमा एक हजार २ सय ५२, अछामका १ हजार १ सय ५७, कञ्चनपुरका १ हजार १५, बझाङका ६ सय २७, बैतडीका ४ सय ८०, बाजुराका ४ सय ५९, डडेल्धुराका ४ सय १०, दार्चुलाका २ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म ७ हजार ५ सय २६ जनाले कोरोना जितेका छन् भने ३१ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्