Logo

सुदूरका पहाडमा नियमित हवाई सेवा



कैलाली, कार्तिक १२ । १७ असोजमा परीक्षण उडान भएका पाटन, दीपायल र चैनपुर विमानस्थल सहित सुदूरपश्चिमका ५ पहाडी जिल्लामा धनगढीबाट नियमित हवाई सेवा सञ्चालन भएको छ ।

धनगढीलाई बेस बनाएर समिट एयरले बैतडी, बझाङ, बाजुरा, अछाम र डोटीमा नियमित हवाई सेवा गरिरहेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

दार्चुला र डडेल्धुरा बाहेकका ५ वटै जिल्लामा समिट एयरले नियमित उडान गर्न थालेको हो ।

समिट एयरले डोटी र बझाङमा मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्ने कार्य तालिका तय गरेको छ भने बाजुराको मार्तडी र अछामको साँफे विमानस्थलमा पनि हप्ताको २ दिन उडान भर्ने कार्यतालिका तय गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्