नेपालगञ्ज, कार्तिक १५ । कोभिड १९ का कारण बिरामी भई बाँकेमा उपचार गराइरहेका दाङका थप एक जनाको शनिवार विहान मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४, का ७० वर्षिय कोरोना संक्रमित पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
कात्तिक ११ गते कोहलपुर अस्पतालको आइसियुमा उनलाई भर्ना गरिएकोमा १२ गते कोरोना संक्रमण देखिएको थियो ।यो सँगै बाहिरी जिल्लाबाट कोरोना उपचार गर्न बाँके आएर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।