Logo

यो क्षुद्रग्रहमा एक करोड खर्ब डलर बराबरको धातु



एजेन्सी, १५ कात्तिक । वैज्ञानिकहरुले यस्तो क्षुद्रग्रह पत्ता लगाएका छन् जसको आर्थिक मूल्य पृथ्वीकोभन्दा बढी छ । मङ्गल र वृहस्पति ग्रहको बीचमा रहेको क्षुद्रग्रहको व्यास पृथ्वीभन्दा निकै सानो अर्थात् एक सय ४० माइल मात्र छ ।

यति सानो भइकन यो क्षुद्रग्रहको आर्थिक मूल्य किन पृथ्वीभन्दा निकै धेरै भयो । यसको मुख्य कारण यो पूरै धातुबाट बनेकोले हो । १६ साइकी नामको क्षुद्रग्रह फलाम र निकलले बनेको छ ।

सोमबार द प्लानेटरी साइन्स जर्नलमा प्रकाशित भए अनुसार यसको ठ्याक्कै बनावटको टुंगो भने छैन । तर, यसको आर्थिक मूल्य सिंगो ग्रहको भन्दा बढी छ । अर्थात् यसको मूल्य एक करोड खर्ब डलर बराबर रहेको अनुमान छ ।

साइकी क्षुद्रग्रहलाई पृथ्वीमा ल्याउन असम्भवप्रायः नै छ । तर, यसमा रहेको धातुका कारण वैज्ञानिकहरुको चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot