काठमाडौं, १७ कात्तिक । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीमा केही सुधार थालेपनि घुमुवाको विकृती भने कम गर्न सकेका छैनन् । घुमुवामार्फत पैसा असुल्ने विकृती उस्तै छ ।
घुमुवाकै कारण बाँके र गुल्मीका एसपी विवादमा परेका छन् । बाँकेका एसपी ओम रानाले शुक्रबार आफ्नो घुमुवालाई कोहलपुरको बसपार्कस्थित कृष्ण गिरीको घरमा पठाएका थिए । जुवा खेलेको आशंकामा त्यहाँ पठाएका थिए । एक जना प्रहरीले छापा हान्न सम्भव हुन्न । पैसा असुल्नकै लागि उनले पठाएको प्रष्ट हुन्छ । ती जवानलाई गिरीका परिवारले नियन्त्रणमा लिएर कुट्न लागेपछि इप्रका कोहलपुरका डिएसपी कुलदिप चन्द गई माफि मागेर छुटाएका थिए ।
बिना इजाजत व्यक्तिको घरमा छापा हान्न पुगेको भन्दै प्रहरीविरुद्ध मुद्दा हाल्ने गिरी परिवारको तयारी छ । विवाद मिलाउन एसपी रानाले डिसी थरका ती जवानलाई घुमुवाबाट हटाएका छन् ।
उता गुल्मीका एसपी प्रवीणलाल श्रेष्ठले घुमुवाका रुपमा खटाएका जवानले जुवाखालबाट पैसा लुकाएको खुलेको छ । एक साताअघि तम्घासको एक होटलमा छापा हानीएको थियो । जहाँ एसपी श्रेष्ठका घुमुवा जवान बासु मरासनी आफैं पैसा उठाउन खटिएका थिए । हाल उनीमाथि छानबिन थालिएको छ ।-दृष्टिबाट/File photo