Logo

कोरोना संक्रमित पुरुषको धौलागिरी अस्पतालमा मृत्यु



बागलुङ, कार्तिक १८ । बागलुङस्थित धौलागिरी अस्पताल एक जना कोरोना संक्रमितका निधन भएको छ ।
बागलुङ नगरपालिका–३ का ६५ बर्षिय एक पुरुष संक्रमितको मंगलबार विहान मृत्यु भएको हो ।

उनी कार्तिक १२ गते अस्पताल भर्ना भएका थिए । कार्तिक १३ गते कोरोना पोजेटिभ पहिचान भएपछि पछिल्लो समय उनलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्दै आएपनि आज विहान मृत्यु भएको छ । उनमा थाईराईड, उच्च रक्तचाप, मधुमेह जस्ता दिर्घ रोगसमेत रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्